अमेरिकी कंग्रेसद्वारा राष्ट्रपतिमा जो बाइडेन विजयी भएको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकी कंग्रेसद्वारा राष्ट्रपतिमा जो बाइडेन विजयी भएको पुष्टि

एजेन्सी, २३ पुष । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएको अमेरिकी संसदको संयुक्त सदन कंग्रेसले पुष्टि गरेको छ । बिहीबार सकिएको इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको अमेरिकी कंग्रेसले पुष्टि गरेको हो ।

अमेरिकी कंग्रेसमा बाइडेनले ३ सय र ट्रम्पले २ सय ३२ इलेक्टोरल भोट प्राप्त गरेको उपराष्ट्रपति माइक पेन्सले घोषणा गर्र्नुभएको हो । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल भोट आवश्यक पर्छ । सिनेटमा जर्जिया र पेन्सिलभेनियामा बाइडेनको जितलाई लिएर केही रिपब्लिकन सांसदले गरेको अवरोधलाई सिनेटले खारेज गरिदिएको छ ।

केही रिपब्लिकन सांसदले एरिजोना, नेभादा, र मिचिगनको नतिजा प्रमाणित गर्ने बेलामा पनि अवरोधको प्रयास गरेका थिए । ट्रम्प समर्थकहरुले वासिङ्टनमा हिंसा मच्चाएपछि निकै कडा सुरक्षाबीच अमेरिकी कंग्रेसले बाइडेन र ह्यारिस विजयी भएको प्रमाणित गरेको हो ।

राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित उम्मेदवारलाई अमेरिकी संसद्को संयुक्त सदनले औपचारिक रुपमा प्रमाणित गर्नुपर्नेछ । त्यही प्रक्रिया सुरु गर्न लाग्दा ट्रम्प समर्थक हतियारसहित क्यापिटल हिल्स भवनमा प्रवेश गरेपछि केहीबेर सदनको सत्र रोकिएको थियो । कंग्रेसबाट जित प्रमाणिकरण भएसंगै अब बाइडेन र ह्यारिसले जनवरी २०मा अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपतिमा रुपमा शपथ लिनुहुने छ ।

ट्रम्पका समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ४ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । प्रदर्शन हिंसात्मक भएपछि वासिङ्टनमा कर्फ्यु लगाइनुका साथै आगामी १५ दिनसम्म संकटकाल घोषणा गरिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू ‘विधिपूर्वक सत्ता हस्तान्तरण गर्न तयार’ रहेको बताउनुभएको छ । नोभेम्बरमा भएको चुनावको नतिजाप्रति असन्तुष्टि हुँदा हुँदै पनि आफू जनवरी २० मा विधिपूर्वक सत्ता हस्तान्तरण गर्न तयार रहेको ट्रम्पको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);