प्रधानमन्त्री ओलीद्वारा जो बाइडेनलाई बधाई, दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा जो बाइडेनलाई बधाई, दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास

काठमाडौं, २३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाकी राष्ट्रपतिमा विजयी जो बाइडनलाई बधाई दिनुभएको छ । आइतबार बिहान प्रधानमन्त्री ओलीले समाजिक संजाल ट्विटरमार्फत ट्वीट गर्दै राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

ऐतिहासिक जितका लागि बाइडेनलाई बधाई दिदैं प्रधानमन्त्री ओलीले नयाँ अमेरिकी नेतृत्वसँग नजिक रहेर काम गर्न चाहेको र दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्ने उल्लेख गर्नुभएको छ ।

मत गणनाको पछिल्लो रिपोर्टअनुसार वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन बिजयी हुनुभएको छ ।

अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल सिट जित्नुपर्छ । बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति समेत हुनुहुन्थ्यो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);