नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष पूरा

काठमाडाैं,१७ साउन । चिनियाँ राष्ट्रपति सी जिङपिङले चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताउनु भएको छ ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष पुगेको उपलक्ष्यमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउँदै राष्ट्रपति सीले चीनले नेपालसंगको सम्बन्धलाई अत्याधिक महत्व दिएको बताउनु भएको जनाइएको छ ।

सीले दुइदेशबीचको सम्बन्धले दुई मुलुकका जनताहरुलाई बढी फाइदा पु¥याउने र यस क्षेत्रको स्थिरता र विकासमा सकारात्मक योगदान दिने पनि उल्लेख गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई पठाएको सन्देशमा सीले दुई मुलुकले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि एकअर्कालाई सम्मान र समान व्यवहार गरेको, राजनीतिक रुपमा आपसी विश्वास र गहन रुपमा पारस्परिक सहयोग गरिरहेको पनि बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले चीनिया राष्ट्रपति सीलाई तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी र चीनिया प्रधानमन्त्री ली केकियाङलाई बधाई सन्देश पठाउनु भएको छ ।

राष्ट्रपति भण्डारीले सीलाई पठाएको बधाई सन्देशमा दुई मुलुक बीचको सम्बन्धलाई अगामी दिनमा थप मजबुत बनाउनको लागि जोड दिनुभएको जनाइएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई पठाएको बधाई सन्देशमा दुई मुलुक बीच युगौदेखिको गहिरो सम्बन्धलाई जोड दिँदै नेपालले लगातार रुपमा एक चीन नीतिलाई कायम राखेको उल्लेख गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);