चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा

काठमाडौं, २३ जेठ । अमेरिका र चीनबीच व्यापार युद्ध चर्किरहेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस पुगेका छन् । अमेरिका र चीनबीच व्यापारयुद्ध चर्किरहेका बेला चिनियाँ राष्ट्रपति सी तीन दिने भ्रमणमा रुस पुगेका हुन् ।

चीनका राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसंगको भेटमा निकटको मित्र भन्दै पुटिनको प्रशंसा गरेका छन् । रुसको मस्कोमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति सीले पुटिनलाई ३० भन्दा बढी पटक भेटिसकेको भन्दै आफुहरुबीच गहिरो व्यक्तिगत मित्रता रहेको बताएका छन् ।

रुसी राष्ट्रपति पुटिनले पनि रुस र चीनको सम्बन्ध अभूतपूर्व तहमा पुगेको भन्दै खुशी व्यक्त गरे । रुस र चीनको सम्बन्ध विश्वका लागि साझेदारी र रणनीतिक सहकार्य भएको पुटिनको भनाइ छ । दुई नेताले भविष्यमा सैन्य र आर्थिक सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमण चीन र रुसबीच व्यापारलगायका विषयमा केन्द्रीत रहेको बताइएको छ । दुई मुलुकबीच व्यापारिक सहमतिमा हस्ताक्षर समेत भएको छ । युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराएपछि पश्चिमादेशसंग रुसको सम्बन्ध बिग्रिएको छ भने पूर्वी राष्ट्रहरूसँग सम्बन्ध सुधारको प्रयास गरेको छ । अमेरिकासंगको सम्बन्ध बिग्रिएपछि चीन र रुस आर्थिक र सैन्य सहकार्यका लागि नजिकिएको विश्लेषण समेत हुन थालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);