सुडानमा सेनाको दमनका कारण मृत्यु हुनेको संख्या सय पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

सुडानमा सेनाको दमनका कारण मृत्यु हुनेको संख्या सय पुग्यो

सुडान हिंसा

सैन्य परिषदसंग वार्ता गर्न सुडानका बिपक्षीद्वारा अस्वीकार

एजेन्सी, २३ जेठ । सुडानमा प्रजातन्त्रको पक्षमा प्रदर्शन गर्दै आएका विपक्षीले सैन्य परिषदसँग वार्ता गर्न अस्वीकार गरेका छन् । सुडानमा अहिले सैन्य परिषदले सत्ता चलाइरहेको छ । सेनाको शासनको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्था लागु हुनु पर्ने मागसहित प्रदर्शन गरेकाहरुमाथि सेनाले दमन गरेको छ ।

सेनाको दमनको क्रममा ज्यान गुमाउने प्रदर्शनकारीको संख्या बिहिवारसम्म १ सय पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । प्रदर्शनकारीमाथिको दमनका लागि सेनाको निर्देशनमा अर्धसैनिक बल खटिएका छन् ।

गत अप्रिलमा सैन्य कू मार्फत राष्ट्रपति ओमर अल–बाशिर सत्ताच्युत भएपछि सुडानको सत्ता सैन्य काउन्सिलको हातमा छ । निर्वाचित सरकारको माग गर्दै प्रजातन्त्रवादी नेताहरुको नेतृत्वमा प्रदर्शन भइरहेको छ । सुडानमा बसिर सरकारलाई हटाउन बिपक्षी दलहरुले सेनाको सहयोग मागेका थिए । तर पछि सेनाले सैनिक कू मार्फत शासन सत्ता हातमा लिएपछि बिपक्षीहरुले प्रदर्शन गर्दै आइरहेका छन् ।

सेनाले प्रदर्शनकारी माथि गरेको दमनको संयुक्त राष्ट्रसंघ सहित बिश्वका बिभिन्न मुलुकले बिरोध गरेका छन् । सेनाले वार्ताका लागि गरेको आह्वान बिपक्षीहरुले अस्विकार गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);