सुडानको सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सुडानको सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै

suden

काठमाडौं, २ बैशाख । सुडानको अन्तरिम सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको छ ।

सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको हो । सेनाले विपक्षीहरुको सहमतिबाट मात्रै नयाँ प्रधानमन्त्री चयन गर्ने समेत स्पष्ट पारेको छ । लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल–बसिरलाई पक्राउ गरेर सेनाले गत बिहीबारदेखि मुलुकमा सैन्य शासन लागू गरेको थियो । सेनाको कदमप्रति असन्तुष्टि जनाउँदै सुडानमा अहिले पनि प्रदर्शनहरु भइरहेका छन् । उनीहरुले तत्काल नागरिक सरकार गठनको माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);