पेरिसमा रहेको ८५० वर्ष भन्दा पुरानो विश्वभर चर्चित चर्चमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पेरिसमा रहेको ८५० वर्ष भन्दा पुरानो विश्वभर चर्चित चर्चमा आगलागी

peris aaglagi

काठमाडौं, ३ बैशाख । फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष भन्दा पुरानो र विश्वभर चर्चित रहेको चर्चमा आगलागी भएको छ ।

विश्व चर्चित चर्च नोट्र डाम क्याथेड्रलमा आलागी भएको हो । चर्चको पूरै भवनमा आगो फैलिएको छ । अग्निनियन्त्रकहरु आगो नियन्त्रणमा लिने प्रयासमा लगातार जुटिरहेका छन् । आगलागीको कारण खुलेको छैन, तर चर्चमा जीर्णोद्धारको काम भइरहेको थियो र यहि क्रममा आगालगी भएको हुन सक्ने अनुमान छ । आगोका कारण यो गिरिजाघरको जुरो र छत खसेको छ ।

गएको वर्ष चर्चित क्याथोलिक चर्चको रक्षाका लागि सर्वसाधारणसँग आर्थिक सहयोगका लागि अपिल गरिएको थियो । निकै पुरानो भएका कारण चर्चको भवन जीर्ण बनेको थियो । आगलागी पछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले घटनास्थलको भ्रमण गरेका छन् । नेपाली समय अनुसार सोमबार राति आगलागी भएको हो । आगलागी भएको क्षेत्रको अवलोकनपछि राष्ट्रपति म्याक्रोनले नोट्र डाम क्याथेड्रलको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । सबै फ्रान्सेली मिलेर चर्चलाई पुरानै अवस्थामा फर्काउने उनले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);