बागलुङ कालिका मन्दिर परिसरमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बागलुङ कालिका मन्दिर परिसरमा आगलागी

बागलुङ, २१ चैत । प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जंगलमा आगलागी भएको छ । शनिवार दिउँसो काठेखोला छेउमा रहेको फोहोर व्यवस्थान स्थलदेखि सुरु भएको आगो मन्दिरको जंगल परिसरमा प्रवेश गरेको थियो ।

नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको समुहले आगो नियन्त्रणमा लिएको थियो । मन्दीर तलको भिरमा भएको आगो तत्काल नियन्त्रण हुन नसक्दा जंगलमा ठुलो क्षेती भएको बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए ।

आगलागीका कारण मन्दिरको पश्चिम पट्टिरहेको आधा जंगल नष्ट भएको छ । मन्दिर परिसर नजिकै सम्मको जंगलन आगलागीले जलेको छ । जंगलमा कुहिएका काठ, रुखका पातहरु र झार जंगल बढी भएकाले नियन्त्रणमा कठिनाई भएको थियो । सो जंगलमा हरेक वर्ष आगलागी हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);