फ्रान्सका उपगृहमन्त्रीद्वारा गिर्जाघरमा लागेको आगो नियन्त्रणमा सहयोग गर्ने प्रति प्रशंसा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फ्रान्सका उपगृहमन्त्रीद्वारा गिर्जाघरमा लागेको आगो नियन्त्रणमा सहयोग गर्ने प्रति प्रशंसा

peris aaglagi

फ्रान्स, ४ बैशाख । फ्रान्सका उपगृहमन्त्री लरेन्ट न्यूनेजले पेरिसस्थित गिर्जाघरमा लागेको आगो नियन्त्रणमा अग्नि नियन्त्रक र कर्मचारीले गरेको कामको प्रशंसा गरेका छन् ।

उपगृहमन्त्री लरेन्टले ८५० वर्ष पुरानो नोट्र–डाम गिर्जाघरमा लागेको आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र कर्मचारीले गरेको १५ देखि ३० मिनेट लामो संघर्ष निकै प्रशंसायोग्य भएको बताएका हुन् ।आफ्नो ज्यानको पर्वाहसमेत नगरी अग्नि नियन्त्रक र कर्मचारीले गरेको संघर्षकै कारण गिर्जाघरमा लागेको आगो नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ । सबैको साथ र सहयोगकै कारण गिर्जाघरका ढुंगा र यसका दुई वटा टावर सुरक्षित बनेको उनले बताएका छन् । राष्ट्रपति इम्यानुएल म्याक्रोनले नोट्र डाम गिर्जाघरको पुनर्निर्माणको काम पाँच वर्षमा सक्ने घोषणा गरेका छन् ।

उनले टेलिभिजनमार्फत् सम्बोधन गर्दै गिर्जाघरलाई पाँच वर्षभित्र पुनर्निर्माण गरेर अहिलेको भन्दा सुन्दर बनाउने घोषणा गरेका हुन् । गिर्जाघरमा कसरी आगो लाग्यो भन्नेबारे भने अहिलेसम्म खुलासा भएको छैन । उनले आगलागी नियन्त्रणमा आएको भए पनि अझै ४८ घण्टासम्म प्रहरी र अग्नि नियन्त्रकको टिम सुरक्षाका लागि खटिने जानकारी दिएका छन् ।गिर्जाघरमा जीर्णोद्धारको काम भइरहेका बेला हिजो अकस्मात आगलागी भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);