बंगलदेशमा कन्टेर डिपोमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बंगलदेशमा कन्टेर डिपोमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा

ढाका। बंगलादेशमा कन्टेनर डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । दक्षिणपूर्वी बन्दरगाह सहर चटगाउँबाट ४० किलोमिटर टाढा सीताकुण्डस्थित एउटा कन्टेनर डिपोमा लागेको आगो तीन दिनपछि अग्निनियन्त्रकहरूले नियन्त्रणमा लिएका हुन् । डिपोमा भएको आगालागी विस्फोटमा ९ अग्निनियन्त्रकसहित ४१ जनाको मृत्यु भएको छ । डिपोले सुरक्षा मापदण्ड नअप्नाएको अधिकारीहरूले जनाएका छन्।
शनिबार लागेको सो आगो निभेको स्थानमा धुँवा र जलेका कन्टेनर ड्रोन फुटेजमा देख्न सकिन्छ।

अधिकारीहरूले आगलागीको कारण पत्ता लगाएका छैनन । तर, डिपोभित्र विस्फोटक पदार्थको आशंका गरेका छन् । गृहमन्त्री असदुज्जमान खानले घटनाको अनुसन्धान थालिएको र दोषीलाई कारबाही गरिने बताएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);