स्थानीय पत्रिकालाई पुलिट्जर पुरस्कार सहित एक लाख अमेरिकी डलर दिने निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्थानीय पत्रिकालाई पुलिट्जर पुरस्कार सहित एक लाख अमेरिकी डलर दिने निर्णय

new

काठमाडौं, ४ बैशाख । अमेरिकाको एक स्थानीय पत्रिकाले यो वर्षको पुलिट्जर पुरस्कार जितेको छ ।

आफ्नो समाचार कक्षमा भएको अन्धाधुन्ध बन्दुक आक्रमणका बारेमा समाचार प्रकाशित गरेको पत्रिका द क्यापिटल ग्याजेटले पुलिट्जर पुरस्कार पाएको हो । सन् २०१८ को जुनमा एक बन्दुकधारी द क्यापिटल ग्याजेट पत्रिकाको कार्यालयमा छिरेर अन्धाधुन्ध गोली चलाएका थिए । यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा अनुसन्धानात्मक खबर प्रकाशित गरेकोमा द न्युयोर्क टाइम्स र द वाल स्ट्रिट जर्नलले पनि पुलिट्जर पुरस्कार पाएका छन् ।

मेरील्याण्डको एनापोलिसबाट प्रकाशित हुने द क्यापिटल ग्याजेटलाई अमेरिकी पत्रिकारिताको इतिहासमा भयानक आक्रमणका बारेमा खबर प्रकाशित गरेको र उर्जा कायम राखेको भन्दै विशेष पुलिट्जर पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । द पुलिट्जर बोर्डले पुरस्कारसँगै पत्रिकाको समाचार कक्ष पत्रकारितालाई थप व्यवस्थित बनाउनका लागि एक लाख अमेरिकी डलर सहायता दिने निर्णय पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);