अमेरिकाको मेरिल्याण्डस्थित एक स्थानीय पत्रिकाको कार्यालयमा गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकाको मेरिल्याण्डस्थित एक स्थानीय पत्रिकाको कार्यालयमा गोली प्रहार

america goli parahar

एजेन्सी, १५ असार । अमेरिकाको मेरिल्याण्डस्थित एक स्थानीय पत्रिकाको कार्यालयमा गोली प्रहार गरिंदा पाँच जनाको मृत्यु भएको छ ।

आक्रमणकारीले क्यापिटल गजेट नामक पत्रिकाको कार्यालयभित्र ताकेर गोली प्रहार गर्दा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर तीन जना घाइते भएका छन् । गोली प्रहारमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले आक्रमणमा संलग्न व्यक्तिसँग घटनाको कारणबारे सोधपुछ गरिरहेको जनाएको छ । मेरिल्याण्डबाट प्रकाशित हुने क्यापिटल ग्याजेट स्थानीयस्तरमा लोकप्रिय दैनिक पत्रिका हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);