अमेरिकाको भर्जिनियामा अन्धाधुन्ध गोली प्रहार, १२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकाको भर्जिनियामा अन्धाधुन्ध गोली प्रहार, १२ जनाको मृत्यु

virginia mass shooting

एजेन्सी, १८ जेठ । अमेरिकाको भर्जिनियामा अन्धाधुन्द गोली प्रहार हुँदा गोली प्रहार गर्ने एक ब्यक्ति सहित १२ जनाको मृत्यु भएको छ । गोली प्रहारबाट एक जना प्रहरी सहित ६ जना घाइते भएका छन् ।

उक्त घटना भर्जिनियाबीच सिटीको एक सरकारी कार्यालयमा भएको र त्यसमा एक जना कर्मचारीले आफ्नो कार्यकक्षमा अन्धदधुन्द गोली चलाएका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । प्रहरीको जवाफी कारबाहीमा ती आक्रमणकारी कर्मचारीको पनि मृत्यु भएको जनाइएको छ । तर, आक्रमणकारीको पहिचान भने सार्वजनिक गरिएको छैन ।

भर्जिनियाका गभर्नर राल्फ नार्थमले भर्जिनियाका लागि घटना त्रासदीपूर्ण र ईतिहासकै सबैभन्दा डरलाग्दो दिनका रुपमा रहेको बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको अमेरिकी प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);