वासिङ्टन डिसीमा शवदाह गृह बाहिर गोली चल्यो, एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वासिङ्टन डिसीमा शवदाह गृह बाहिर गोली चल्यो, एकजनाको मृत्यु

वासिङ्टन, २९ चैत्र । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा मंगलबार गोली चलेको घटना सार्वजनिक भएको छ । यस गोलीबारीमा एक जनाको मृत्यु भएको र तीन जना गम्भीर घाइते भएको बताइएको छ । कसैको अन्त्येष्टिमा सहभागी हुन मानिसहरू पुगेका बेला उक्त घटना भएको हो ।

मेट्रोपोलिटन पुलिस प्रमुख रोबर्ट कोन्टीले उत्तरपूर्वी वाशिंगटनको अन्त्येष्टि गृह नजिकै एक प्रहरी अधिकारी तैनाथ रहेको बताए । जहाँ दिउँसो १२ः३० बजे गोली चल्यो। प्रहरीका अनुसार अन्त्येष्टि सकिएको करिब २० मिनेटपछि गोली चल्दा एक जनाको ज्यान गएको थियो । पीडित परिवारको आग्रहमा अन्त्येष्टि नजिकै प्रहरी पनि तैनाथ गरिएको अधिकारीले बताए ।

महानगरीय प्रहरी प्रमुख रोबर्ट कोन्टीले कम्तिमा चार जनालाई गोली हानेर मारिएको बताए । डीसी फायर र ईएमएसका प्रवक्ताका अनुसार एक जनाको घटनास्थलमा मृत्यु भएको छ र दुई पुरुष र एक महिला सहित अन्य तीन जना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ ।

रोबर्ट कोन्टीले भने,‘यस घटनामा अन्त्येष्टिमा भाग लिने धेरै व्यक्तिहरू संलग्न भएको देखिन्छ । उनीहरुलाई विशेष निशाना बनाइयो । ती व्यक्तिहरूलाई किन निशाना बनाइयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं।’ हाल उक्त घटनामा प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन । यसअघि सोमबार लुइसभिलको बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);