टेक्सासको सपिङ मलमा गोली चल्यो, बालबालिकासहित नौ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

टेक्सासको सपिङ मलमा गोली चल्यो, बालबालिकासहित नौ जना घाइते

वासिङ्टन, २४ वैशाख । अमेरिकाको टेक्सासस्थित सपिङ मलमा गोली चलेको छ । आज टेक्सासको एउटा मलमा भीषण गोलीबारी हुँदा जसमा बालबालिकासहित धेरै मानिस घाइते भएको बताइएको छ ।

एलेन प्रिमियम आउटलेट मलमा गोली हानाहान भएको हो । दुई संदिग्धहरूले गोली चलाएको हो भने तीमध्ये एकको प्रहरीले हत्या गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गोलीबारीमा कैयौं बालबालिका समेत घाइते भएका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा मानिसहरु सपिङ सेन्टर अगाडिको पार्किङबाट दौडिरहेको देखिन्छ । पृष्ठभूमिमा चर्को चिच्याहट सुनिन्छ। समाचार रिपोर्टहरूका अनुसार, एलेन प्रिमियम आउटलेटहरू डलासको उत्तरमा द्दछ माईलको बाहिरी मल हो।

यसअघि मे ३ मा एट्लान्टास्थित मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए । घटनाको जानकारी दिँदै एट्लान्टा प्रहरी विभागका प्रमुख डारिन शिरबाउमले गोली चलाउनेले पाँच जनालाई गोली हानेर एक जनाको घटनास्थलमै मृत्यु भएको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);