बाजुरा अपडेट : गोली लागेर घाइते भएका एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बाजुरा अपडेट : गोली लागेर घाइते भएका एक जनाको मृत्यु

धनगढी। बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षम पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ। गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । उनका अनुसार कांग्रेस र एमालेका कार्यकर्ता विच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो । झडपमा सर्वसाधारण र प्रहरीसमेत घाइते भएको समाचार आए पनि पूर्ण विवरण नआएको सूचना अधिकारी रावलले बताए । झडपमा अन्य दुई जना घाइते भएका छन् ।

कर्मचारीले समानुपातिक मत हाल्ने बेलामा झडप भएका कारण मतपेटिका र कर्मचारी भने सुरक्षित रहेको एसएसपी रावले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);