सशस्त्रको गोली लागेर घाइते युवकको उपचारको क्रममा मृत्यु (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

सशस्त्रको गोली लागेर घाइते युवकको उपचारको क्रममा मृत्यु (अपडेट)

जीवन न्यौपाने,

नवलपरासी । पश्चिम नवलपरासीको दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका स्थानीय युवकको मृत्यु भएको छ ।

गोली लागेर मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर छन् । उनको स्थानीय सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा लादालादै बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका स्थानीय केहि युवालाई नाकामा खटिएका सशस्त्र प्रहरीले कोभिड-१९ को जोखिमका कारण रोकेको थियो ।

आफुहरुलाई सशस्त्रले रोकेर जान नदिएको भन्दै उनीहरुले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेको र खबर पाउने बित्तिकै ५०/६० जनाको समूहमा आएका स्थानीयहरुले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।

अधिकारीका अनुसार भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरेको भएतापनि भीड असमान्य तरिकाबाट आक्रामक भएपछि बाध्य भएर सशस्त्र प्रहरीले एक राउन्ड गोली चलाएको हो ।

भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र प्रहरी नायब निरक्षक शंकर बुढाथोकी सहित अन्य ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते बुढाथोकीको टाउकोमा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतीय सिमा नाकामा सिमा नाका सुरक्षार्थ बोडर आउट पोष्टहरुमा १ जना सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सशस्त्र प्रहरीको दरबन्दी भएको भएतापनि ति पोष्टहरुमा जम्मा ५/६ जना मात्र सशस्त्र प्रहरी ड्युटीमा खटिने हुँदा बेला बेलामा ति सुरक्षाकर्मी माथि स्थानीयहरुले आक्रमण गर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस

goli parahar
नवलपरासीमा सशस्त्रको गोली लागेर एक युवक गम्भीर घाइते

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);