अमेरिकामा सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकामा सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार

colorado

काठमाडौं, १७ पुस। अमेरिकाको कोलोराडोमा सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार, एक प्रहरीको मृत्यु, चारजना घाइते, गोली लागेर अमेरिकामा एक वर्षमा १५ हजारको ज्यान गयो ।

अमेरिकाको कोलोराडोमा सुरक्षाकर्मीलाई लक्षित गर्दै गरिएको गोली प्रहारमा एक प्रहरीको मृत्यु भएको छ ।

गोली लागेर चार जना घाइते भएका छन् । डेनवरको दक्षिणी क्षेत्र हाइल्याण्डस् रान्चस्थित अपार्टमेन्टमा धन्धाधुन्ध गोली प्रहार भएको हो । घटनामा दुईजना सर्वसाधारण पनि घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । अपार्टमेन्टमा दुई पुरुष रुममेटबीच झगडा भएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी आएको र घटनाले गोलीकाण्डको रुप लिएको बताइएको छ । अपार्टमेन्टमा बस्ने आक्रमणकारीले प्रहरीलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका थिए । प्रहरीले गरेको जवाफी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ । अमेरिकामा सन् २०१७ मा गोली प्रहारबाट १५ हजार मानिसको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);