जर्जियामा भएको अन्धाधुन्ध गोली प्रहारबाट ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

जर्जियामा भएको अन्धाधुन्ध गोली प्रहारबाट ८ जनाको मृत्यु

एजेन्सी, ४ चैत । अमेरिकाको जर्जिया राज्यमा भएको अन्धाधुन्ध गोली प्रहारबाट ८ जनाको मृत्यु भएको छ । जर्जिया राज्यस्थित एटलान्टामा तीन मसाज र स्पामा गराइएको गोलीकाण्डमा ६ एशियाली महिलासहित ८ जनाको मृत्यु भएको हो ।

घटनामा परी अरु केही व्यक्तिहरु समेत घाइते भएको बताइएको छ । २१ वर्षीय रोबर्ट एरन लङकले अन्धाधुन्ध गोली प्रहार गरेको उनी प्रहरीले नियन्त्रणमा लिइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सुरुमा दुई एशियाली महिलामाथि गोली प्रहार गरेका ती ब्यक्तिले त्यसको एक घण्टापछि थप चार एशियाली महिलामाथि गोली प्रहार गरी हत्या गरेको बताइएको छ । दुई जनाको भने उपचारको क्रममा मृत्यु भएको हो ।

आक्रमणको कारण वा उद्देश्य खुलेको छैन । तर पछिल्ला महिनाहरुमा अमेरिकामा एसियन–अमेरिकनहरुमाथिको हिंसा बढ्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);