दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणबाट ५८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणबाट ५८ जनाको मृत्यु

एजेन्सी, ४ चैत । दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ । तिलाबेरी क्षेत्रको साप्ताहिक बजारबाट फर्किने क्रममा चारवटा सवारी सधानमा आउँदै गरेका मानिसलाई लक्षित गरेर बन्दुकधारीले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो ।

मालीसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा सर्वसाधारणको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन ।

नाइजरका सरकारी प्रवक्ता अब्दुरेहम जाकारीयाले घटनाको पुष्टि गर्दै तीन दिने राष्ट्रिय शोकको घोषणासमेत गर्नुभएको छ । अहिले सो क्षेत्रमा दुईवटा बिद्रोही समूह सक्रिय छन् ।

पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय छ । आक्रमणकारीहरुले गत जनवरी २ मा टिल्लेबमरीका २ गाउँमा आक्रमण गरेर कम्तिमा एक सय जना सर्वसाधारणको हत्या गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);