आक्रमणकारीद्धारा गोली हानि एक नेपाली महिलाको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

आक्रमणकारीद्धारा गोली हानि एक नेपाली महिलाको हत्या

death mahila

एजेन्सी, ४ चैत । भारतको राजधानी नयाँ दिल्लीस्थित बुधबार एक नेपाली महिलाको गोली हानी हत्या भएको छ । भारतीय प्रहरीका अनुसार उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिलालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी हत्या गरेको पुष्टी भएको छ ।

मीना नयाँ दिल्लीमा पानी, न्याक्स र कोल्ड ड्रिंक्सको व्यापार गर्दै आएकी थिइन् । प्रहरीका अनुसार बिहान सात बजेतिर मीनामाथि उक्त आक्रमण भएको हो ।

दिल्लीका वरिष्ठ प्रहरी अधिकारीले आक्रमण गर्ने मनिसहरु मोटरसाइकलमा भागेको र महिलालाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको जानकारी दिएका छन । प्रहरीले विभिन्न टोली बनाएर आक्रमणकारीको खोजीकार्य गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);