अमेरिकी रक्षा र विदेश मन्त्री दक्षिण कोरियाको भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अमेरिकी रक्षा र विदेश मन्त्री दक्षिण कोरियाको भ्रमणमा

एजेन्सी, ४ चैत। अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन र विदेश मन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका लागि राजधानी सिओल पुग्नु भएकोछ । चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका अमेरिकी मन्त्रीद्वयले दक्षिण कोरियासंगको सम्बन्धलाई थप सुदृढ बनाउन यो भ्रभण गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी मन्त्रीहरुले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चीनको बढ्दो प्रभावलाई नियन्त्रण गर्न एसियाका साझेदार मुलुकहरूसँगको गठबन्धनलाई अझ बलियो बनाउन चाहेकोे छ ।

अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन र विदेश मन्त्री एन्टोनी ब्लिन्केन जापानको भ्रमण सकाएर दक्षिण कोरिया पुग्नु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);