अमेरिकाको उत्तर कोरियालाई अर्को कडा चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एजेन्सी, १९ भदौ । उत्तर कोरियाले आइतबार गरेको परमाणु परीक्षणको विषयमा अमेरिकी रक्षा मन्त्रीले कडा चेतावनी दिएका छन् । अमेरिकी रक्षामन्त्री जेम्स मेट्टिसले अमेरिका तथा आफ्ना सहयोगीमाथि हुने कुनै पनि किसिमको खतराको जवाफ आफूहरुले कडा सैन्य कारवाहीबाट दिने चेतावनी दिएका हुन् । उत्तर कोरियाले गरेको परमाणु परीक्षण पछिको अवस्था बारे राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको छलफलपछि रक्षा मन्त्री मेट्टिसले यस्तो चेतावनी दिएका छन् । उत्तर कोरियाले आइतबार लामो दूरीमा मार हान्न सक्ने मिसाइलमा लोड गर्न मिल्ने हाइड्रोजन बमको सफल परीक्षण गरेको बताएको छ ।

 

उत्तर कोरियाको दाबी, हाइड्रोजन बमको सफल परीक्षण

 

उत्तर कोरियाको यो छैटौं परमाणु परीक्षण हो । यसको अन्तर्रा्ष्ट्रिय समुदायले निन्दा गरेका छन् । उत्तर कोरियाले आफू अब अमेरिकासम्म मार हान्न सक्ने भएको दाबी गर्दै आएको छ । तर अमेरिकी रक्षा मन्त्री मेट्टिसले अमेरिका आफ्नो तथा दक्षिण कोरिया र जापानसहितका आफ्ना सहयोगीको सुरक्षा गर्न सक्षम रहेको बताएका छन् । गुआमसहित अमेरिकाको कुनै पनि क्षेत्र र आफ्ना सहयोगीमाथि उत्तर कोरियाको तर्फबाट कुनै किसिमको खतरा आएको ठूलो सैन्य कारवाही गर्न अमेरिकी सक्षम रहेको रक्षा मन्त्री मेट्टिसको भनाई छ । यसैबिच उत्तर कोरियाले परमाणु परीक्षण गरेपछिको अवस्थाका बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालिन बैठक सोमबार बस्दैछ । बैठकमा उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने विषयमा छलफल हुनेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);