उत्तर कोरियामा ठूलो भूकम्प, यस्तो रहेछ भूकम्प जानुको कारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उत्तर कोरियामा ठूलो भूकम्प, यस्तो रहेछ भूकम्प जानुको कारण

काठमाडौँ, १८ भदौ । उत्तर कोरियामा ठूलो भूकम्पको धक्का महशुस भएको छ। तर अमेरिका र दक्षिण कोरियाले भने उत्तर कोरियाले गरेको परमाणु परीक्षणका कारण भूकम्पको धक्का महशुस भएको अनुमान गरेका छन्।  उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाको अनुमान छ। जे जसरी भूकम्प गएको भए पनि धक्का भने ६ दशमलव ३ रेक्टर स्केलको रहेको छ।

 

यो परमाणु परीक्षणकै कारण भएको हुन सक्ने युएसजिएसले जनाएको छ । अहिले भूकम्पको धक्का महसुस गरिएको क्षेत्रबाट नै उत्तर कोरियाले यसअघि परमाणु परीक्षण गरेको थियो। उत्तर कोरियाले नयाँ हाइड्रोजन बम बनाएको घोषणा गरेको केही घण्टापछि नै भूकम्पको धक्का महसुस गरिएको हो।

 

उत्तर कोरियाका नेत किम जोङ-उनले नयाँ हाइड्रोजन बमको छेउमा उभिएर खिचाएको तस्बिर सार्वजनिक गर्दै त्यहाँको सरकारी समाचार संस्थाले नयाँ बम ठूलो क्षमताको हरेको बताएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);