इराकको बग्दादमा आत्मघाती आक्रमण, ७ को मृत्यु, एक दर्जन घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेन्सी, १८ भदौ । इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीले उत्तरी बग्दादमा रहेको एक ऊर्जा केन्द्रमा गरेको आक्रमणमा परी सात जनाको मृत्यु भएको छ ।

 

सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाको समूहले गरेको आक्रमणमा परी एक दर्जन घाइते भएका छन् । राजधानी बग्दादबाट करिब एक किलोमिटरको दूरीमा रहेको समार्रा क्षेत्रमा अवस्थित ऊर्जा केन्द्रमा सैनिक पोशाकमा आएका आक्रमणकारीहरुले सजिलै प्रवेश गरी आक्रमण गरेको प्रहरी अधिकारीहरुले बताएका छन् । आक्रमणबाट कैयौं ट्यांकर ट्रक क्षति भएको एएफपीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);