इराकमा भएको दुई बेग्लाबेग्लै आत्मघाती बम आक्रमणमा ३५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इराकमा भएको दुई बेग्लाबेग्लै आत्मघाती बम आक्रमणमा ३५ जनाको मृत्यु

एजेन्सी, १ माघ । इराककको राजधानी बग्दादमा सोमबार भएको दुई वटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

तीन दिनको अन्तरमा दोस्रो पटक राजधानी बग्दादको ताएयारन क्षेत्रमा भएको आत्मघाति आक्रमणमा परी अन्य ९० जनाभन्दा बढी घाइते भएका छन् । आतंकवादी संगठन इस्लामीक स्टेटले पटक–पटक इरानको विभिन्न क्षेत्रमा आक्रमण गर्दै आएको छ ।

दुई जना आत्मघाति आक्रमणकारीले बम जडान गरिएको कपडा लगाएर आफूलाई विष्फोट गराएको इराकका सरकारी अधिकारीले जनाएका छन् । आक्रमण भएको स्थानमा हरेक बिहान ठूलो संख्यामा निर्माण क्षेत्रमा काम गर्ने कामदारहरु कामको खोजीमा जम्मा हुने गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);