पाकिस्तानमा आतंकवादी आक्रमण, कम्तिमा ७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाकिस्तानमा आतंकवादी आक्रमण, कम्तिमा ७ जनाको मृत्यु

पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा दुई छुट्टाछुट्टै आत्मघाती बम आक्रमण, कम्तिमा ७ जनाको मृत्यु, आक्रमणको जिम्मेवारी अतिवादी संगठन जमात–उस–अहरारले लियो

पाकिस्तानमा आतंकवादी आक्रमण

 पाकिस्तान । पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा भएका दुई छुट्टाछुट्टै आत्मघाती बम आक्रमणमा कम्तिमा सात जनाको ज्यान गएको छ ।

घटनामा परि अन्य केही घाइते भएका छन् । मोहमन्द आदीबासी क्षेत्रमा भएको पहिलो आत्मघाती आक्रमणमा पाँच जनाको ज्यान गएको बिबिसीले जनाएको छ ।

ज्यान जानेमा तीन जना प्रहरी अधिकारी र दुई जना सर्वसाधारण नागरिक छन् ।

तालिबानसँग सम्बन्धित जमात–उस–अहरारले आक्रमणको जिम्मेवारी लिएको छ ।

यस्तै पेशावर शहरमा न्यायाधीश चढेको गाडीलाई लक्षित गरी भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ ।

आक्रमणमा परि न्यायाधीश चढेको गाडीका चालक र एक पैदलयात्रीको ज्यान गएको हो ।

गाडीमा रहेका चार जना न्यायाधीश घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

पाकिस्तानमा पछिल्लो समय आत्मघाती बम आक्रमणका घटना बढ्दै गएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);