क्यालीफोर्नियामा आँधी, डेढलाख घर प्रभावित, चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

 क्यालीफोर्नियामा आँधी, डेढलाख घर प्रभावित, चार जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा दश वर्ष वर्षयताकै ठूलो आँधीबेहोरी, एक लाख ५० हजार घर प्रभावित, बाढीका कारण चार जनाको मृत्यु

 क्यालीफोर्नियामा आँधी

काठमाडों । अमेरिकाको क्यालिफोर्नियामा विगत दश वर्ष वर्षयताकै ठूलो आँधीबेहरीका कारण जनजीवन प्रभावित भएको छ ।

आँधीबेहरीसँगै ठूलो पानी परेका कारण जनजीवन कष्टकर बनेको छ । बाढीका कारण चार जनाको ज्यान गएको छ ।

लगातारको वर्षा तथा बाढीका कारण क्यालिफोर्नियाका एक लाख ५० हजार भन्दा धेरै घरमा बिजुलीको आपूर्ति बन्द भएको छ भने त्यहाँ बस्ने सबैलाई सुरक्षीत स्थानमा जान आग्रह गरिएको छ ।

लस एन्जल्स नजिक पहिरो जान सक्ने जोखिम बढेपछि सयौं घर खाली गरिएको छ ।

अझै तीब्र गतिको हावा चल्ने, ठूलो वर्षा हुने तथा बाढीको खतरा रहेको मौसमविदले बताएका छन् ।

लस एन्जलस् अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तीन सय भन्दा धेरै उडान रद्द भएका छन् । यस्तै मुख्य सडकमार्ग पनि बन्द भएको छ ।

बाटोमा पानी जमेको छ भने गाडीहरु पानीमा डुबेका छन् । उद्धार तथा राहतको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);