भीषण वर्षासँगै आएको बाढीका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

भीषण वर्षासँगै आएको बाढीका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा ९ जनाको मृत्यु

एजेन्सी । भीषण वर्षासँगै आएको बाढीका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा ९ जनाको मृत्यु भएको छ भने हजारौं प्रभावित बनेका छन् ।

ट्रपिकल स्ट्रोम आइडाका कारण भीषणा वर्षासँगै बाढी आएपछि डुबेर ८ जनाको र सवारी साधनसँगै डुबेर एकको मृत्यु भएको हो । न्यूयोर्क र न्यू जर्सीसहितका क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर तथा भिडियोहरुमा बाढी सवे स्टेशन तथा मानिसका घरघरमा पसेको देखिएको छ । न्यूयोर्कको छिमेकी राज्य न्यू जर्सीमा पनि आपतकालीन अवस्था लागू भएको छ ।

न्यू जर्सीमा धेरै जसो घरमा क्षती भएको बताइएको छ । राष्ट्रिय मौसम सेवाका अनुसार न्यूयोर्कको सेन्ट्रल पार्कमा एक घण्टामा ८ सेन्टिमिटर पानी परेको छ । न्यूयोर्क प्रहरीले स्थानीय बासिन्दालाई सकेसम्म बाटो भन्दा पर बस्न आग्रह गरेको छ ।

न्यूयोर्क र न्यू जर्सीका अधिकांश रेल तथा विमान सेवा अवरुद्ध छन् भने अधिकांश सबवेहरु बन्द भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);