मुसलधारे वर्षासंगै बाढी आएपछि अमेरिकाको न्यूयोर्कमा आपतकालीन अवस्था घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मुसलधारे वर्षासंगै बाढी आएपछि अमेरिकाको न्यूयोर्कमा आपतकालीन अवस्था घोषणा

एजेन्सी । मुसलधारे वर्षासंगै बाढी आएपछि अमेरिकाको न्यूयोर्कमा आपतकालीन अवस्था घोषणा गरिएको छ । समुद्रिआँधि आइडाका कारण न्यूयोर्कसहितका क्षेत्रमा भीषणा वर्षा हुनुका साथै आएको बाढीका कारण ९ जनाको मत्यु भएपछि आपलकालिन अवस्था घोषणा गरिएको हो ।

न्यूयोर्कका मेयर बिल डी ब्लासिओले शहरमा गम्भीर मौसमी गतिविधिको प्रभाव परेको भन्दै आपतकालीन अवस्था घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । भीषण वर्षा तथा बाढीले सडकको अवस्था नाजुक बनाउनुका साथै जनविजन प्रभावित भएको उल्लेख गर्नुभएको छ ।

साथै छिमेकी राज्य न्यू जर्सीमा पनि आपतकालीन अवस्था लागू भएको बताइएको छ । राष्ट्रिय मौसम सेवाका अनुसार न्यूयोर्कको सेन्ट्रल पार्कमा एक घण्टामा ८ सेन्टिमिटर पानी परेको छ । न्यूयोर्क प्रहरीले स्थानीय बासिन्दालाई सकेसम्म बाटो भन्दा पर बस्न आग्रह गरेको छ । बर्षा र बाढीका कारण न्यूयोर्क र न्यू जर्सीका अधिकांश रेल तथा विमान सेवा अवरुद्ध छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);