टेक्सासको हस्टनमा अप्रत्यासित बाढी, जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

एजेन्सी, १२ भदौ । हार्वे नामक समुद्री चक्रवात तुफानका कारण अमेरिकाको टेक्सास प्रान्तमा रहेको हस्टन शहरको जनजीवन प्रभावित भएको छ । त्यहाँका नागरिकले अहिलेसम्मै नआएको आधीँको कारण बाढीको सामना गर्न परेको बीबीसीले जनाएको छ ।

 

 

तुफानका कारण आएको बाढीले सबैभन्दा बढी हस्टन शहर प्रभावित भएको छ । हार्वे तुफानका कारण तीब्र गतिमा हावा चलिरहेको छ । सँगै भारी वर्षा भएको छ ।

उद्धारकर्मीले हस्टनबाट बाढीमा फसेका दुई हजार भन्दा बढी मानिसको उद्धार गरेका छन् ।

बाबाढीका कारण अहिले सम्म ५ जनाको ज्यान गएको त्यहाँका अधिकारीहरुलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । बाढी प्रभावितका लागि सेल्टर स्थापना गरिएको छ । तुफानका कारण झण्डै २५० सडकखण्ड बन्द भएका छन् ।

टेक्सासका गभनरले बाढीका कारण हस्टन नगर क्षेत्रमा आपतकालिन अवस्था घोषणा गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);