इटालीमा २०२३ मा ३७८ गम्भीर प्रकृतिका मौसमी घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इटालीमा २०२३ मा ३७८ गम्भीर प्रकृतिका मौसमी घटना

एजेन्सी,१३ पुस । इटालीले २०२३ मा ३७८ वटा गम्भीर प्रकृतिका मौसमी घटनाहरू व्यहोरोको अध्ययनले देखाएको छ । वातावरणीय लबी समूह लेगाम्बाएन्टद्वारा सञ्चालित जलवायु पर्यवेक्षककाअनुसार इटालीले २०२३ मा ३७८ गम्भीर प्रकृतिका मौसम घटनाहरू व्यहोर्नुपरेको हो ।

जुन गत वर्षको तुलनामा २२ प्रतिशतले बढेको छ । गर्मीको लहरदेखि खडेरी, असिनापानी, बाढी र आँधी,तुफानका घटनाहरु व्यहोर्नुपरेको बताइएको छ । मौसमी विपद्बाट कम्तिमा ३१ जनाको मृत्यु भएको छ । अर्कोतर्फ इटालीको बुट आकारको प्रायद्वीपमा यस वर्ष दैनिक नौ भन्दा बढी कठोर मौसम घटनाहरू भएको कृषि क्षेत्र संघ कोल्डिरेट्टीले बताएको छ ।

आफ्नो प्रतिवेदनमा कोल्डिरेट्टीले चरम मौसमले बाली र कृषि पूर्वाधारमा ६ बिलियन यूरो (६.६ बिलियन अमेरिकी डलर) क्षति पु¥याएको छ । जसले देशको जैतुनको तेल, आरु, अमृत र गहुँको उत्पादनमा कमी आएको छ । देशको उत्तरी भाग सबैभन्दा बढी प्रभावित भएको जसमँ २१० अलग–अलग चरम मौसमी घटनाहरू भएको बताइएको छ ।

९८ मध्य क्षेत्रहरूमा र ७० दक्षिणमा सिसिली र सार्डिनियाको टापु क्षेत्रहरू मौसमी विपद् आएको बताइएको छ । मौसमी घटनाहरूमध्ये धेरै बाढी, उच्च तापक्रम, वर्षाले गर्दा पहिरो गएको थियो । धेरै जसो युरोपले यस वर्ष लामो र सुख्खा गर्मी र धेरै गम्भीर मौसम घटनाहरूको सामना गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);