एल निनो शक्तिशाली बन्दै गएपछि म्यानमारमा प्रतिकूल मौसमको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

एल निनो शक्तिशाली बन्दै गएपछि म्यानमारमा प्रतिकूल मौसमको चेतावनी

म्यानमारको मौसम तथा जलविज्ञान विभाग (डीएमएच) ले उष्णकटिवन्धीय प्रशान्त महासागरमा एल निनोको प्रभाव विकास भइरहेकाले आगामी महिनाहरूमा चरम मौसमी घटनाहरू हुनसक्ने चेतावनी दिएको छ । विभागका निर्देशक उ ह्ला टुनकाअनुसार एल निनो सुरुमा सामान्य अवस्थामा देखिएपनि हाल यो मध्यम स्तरमा पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वासँग कुरा गर्दै उनले यस वर्षको अन्त्यसम्ममा एल निनो थप शक्तिशाली हुने प्रक्षेपण गरिएको जानकारी दिए । अन्तर्राष्ट्रिय मौसम एजेन्सीहरूका विभिन्न जलवायु प्रारुपका आधारमा विभागले अगस्ट महिनामा एल निनोको प्रभाव तिब्र बन्ने र सन् २०२६ सम्ममा यो निकै शक्तिशाली हुने सम्भावना रहेको उल्लेख गरेको छ । एल निनो प्रशान्त महासागरमा उत्पन्न हुने प्रक्रिया भएपनि यसले विश्वव्यापी रूपमा मौसममा फेरबदल ल्याउने गर्दछ । म्यानमारको मौसम विभागका अनुसार यसको प्रभावले गर्दा अनियमित वर्षा, दिउँसोको तापक्रममा वृद्धि, असामान्य समुद्री आँधी, खडेरी र अन्य प्रतिकूल मौसमी गतिविधिहरू देखा पर्न सक्नेछन् ।

Leave a Reply

ताजा समाचार