एल–निनो बाढीका कारण केन्यामा मृत्यु हुनेको संख्या ७० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

एल–निनो बाढीका कारण केन्यामा मृत्यु हुनेको संख्या ७० पुग्यो

एजेन्सी,१२ मंसिर । केन्यामा एल–निनो बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले बाढीका कारण मृत्यु हुनेको संख्या बढेसँगै क्षति कम गर्नको लागि र बिस्थापित मानिसहरुको व्यवस्थापनका लागि सरकारले अतिरिक्त रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो । जारी एल–निनो वर्षासँग जोडिएको भीषण बाढीबाट नागरिक बचाउन सेना परिचालन गरिएको बताउनु भयो ।

देशैभर परेको अविरल वर्षाका कारण ३६ हजार १ सय ६० घरधुरी बिस्थापित भएको रुटोले बताउनु भयो । वर्षाका कारण देशमा आपत्कालीन अवस्था सिर्जना भएको उहाँको भनाइ छ । विशेष गरी उत्तरी केन्यामा सडकहरू ध्वस्त भएका छन् ।

केन्या मौसम विभागको पछिल्लो मौसम पूर्वानुमानअनुसार एल–निनो वर्षा जनवरी २०२४ सम्म बिस्तार हुनसक्छ र शहरी केन्द्रहरू र अर्ध–सुक्खा तराईमा विनाश निम्त्याउने सम्भावना छ । रुटोले सेना सहितको बहु–एजेन्सी प्रतिक्रिया टोलीले बाढी पीडितहरूलाई खाना, सफा पानी, औषधि र अस्थायी आश्रयको एयरलिफ्टिङ शुरु गर्ने बताउनु भयो ।

बाढी पहिरोमा परेका घरधुरीलाई आपतकालीन सहयोग पु¥याउन पानी, ऊर्जा, सडक, स्वास्थ्यलगायत राज्यका विभागहरूलाई सक्रिय पारिएको बताउनु भयो । रुटोले एल–निनो वर्षा आगामी दिनहरूमा झनै तिब्र हुने आशंका गरिएको बताउनु भयो । उहाँले पहिरोको जोखिममा रहेका उच्च पहाडी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न अपिल गर्दै नदी किनार नजिक बसोवास गर्ने समुदायलाई बाढीबाट जोगाउन बिस्थापित गरिने बताउनु भयो । केन्या, सोमालिया र इथियोपियामा एल–निनोको प्रभाव छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);