विश्व नेताहरूले कोप–२८ जलवायु सम्मेलनमा ग्लोवल वार्मिङको घातक चक्र तोड्नुपर्ने महासचिव गुटेरेसको भनाइ | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

विश्व नेताहरूले कोप–२८ जलवायु सम्मेलनमा ग्लोवल वार्मिङको घातक चक्र तोड्नुपर्ने महासचिव गुटेरेसको भनाइ

एजेन्सी, १२ मंसिर । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यस हप्ता शुरु हुने जलवायु सम्मेलनमा भाग लिने विश्व नेताहरूले विश्व जलवायु परिवर्तनको खतरा रोक्ने कुरामा आवश्यक जोड दिन आवश्यक रहेको बताउनुभएको छ । संयुक्त राष्ट्र प्रमुखले न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा पत्रकारहरूसँगको कुराकानमिा सप्ताहन्तमा अन्टार्कटिकामा बरफ पग्लिरहेको र गम्भीर रूपमा स्तब्ध पार्ने गति भइरहेको बताउनु भयो । उहाँले १९९० को शुरुवातको दर भन्दा तीन गुणा छिटो हिउँ पग्लिरहेको बताउनु भयो । हालको तथ्याङ्कले देखाउँछ कि, दक्षिण ध्रुवमा समुन्द्री बरफको वर्तमान सीमा यस सिजनको औसत भन्दा १.५ मिलियन वर्ग किलोमिटर कम छ । यो क्षेत्र पोर्चुगल, स्पेन, फ्रान्स र जर्मनीको कुल संयुक्त भूमिमास बराबर छ ।

उहाँ जलवायु परिवर्तनका कारण बाढी र नुनिलो पानीको प्रभावले खाद्य र पानीका स्रोतहरूमा प्रभाव पार्ने बताउनु भयो । जसले साना टापुहरू र विश्वभरका धेरै तटीय शहरहरूको दिगोपनलाई असर गर्ने उहाँको भनाइ छ । हिउँ घट्दै जाँदा र तातो मौसम तिब्र रुपमा बढ्ने र यसले सम्पूर्णमा असर पुग्ने बताउनु भयो । उहाँले कोप २८ सम्मेलनमा विश्व नेताहरुले जलवायु परिवर्तनबाट भइरहेको असरको चक्र तोड्नुपर्ने बताउनु भयो ।

यसका लागि नवीकरणीय उर्जाको तीन गुणा प्रयोग, ऊर्जा दक्षतामा दोब्बर बनाउने र २०३० सम्ममा सबैका लागि स्वच्छ उर्जामा पहुँच गर्ने विश्वव्यापी सम्झौता पर्याप्त हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);