बलात्कारका घटनामा वृद्धिपछि पाकिस्तानको पञ्जाबमा ‘आपतकाल’ घोषणा  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

बलात्कारका घटनामा वृद्धिपछि पाकिस्तानको पञ्जाबमा ‘आपतकाल’ घोषणा 

rape

इस्लामाबाद। महिला र बालबालिकामाथि हुने यौन शोषणका घटनामा तीव्र वृद्धिपछि पाकिस्तानको पञ्जाब प्रान्तले आपतकाल घोषणा गर्ने निर्णय गरेको छ। एक पत्रकार सम्मेलनमा बोल्दै पञ्जाबका गृहमन्त्री अत्ता तरारले यस्ता घटनामा वृद्धि हुनु समाज र सरकारी अधिकारीका लागि गम्भीर समस्या भएको बताए ।‘पञ्जाबमा दैनिक चारदेखि पाँचवटा बलात्कारका घटनाहरू रिपोर्ट भइरहेका छन् जसका कारण सरकारले यौन उत्पीडन, दुर्व्यवहार र जबरजस्तीका घटनाहरू समाधान गर्न विशेष उपायहरू विचार गरिरहेको छ’ उनको भनाई उद्धृत गर्दै जियो न्युजले जनाएको छ । ‘बलात्कारका घटनालाई सम्बोधन गर्न प्रशासनले आपतकाल घोषणा गरेको छ,’ उनले भने ।यस विषयमा नागरिक समाज, महिला अधिकारकर्मी संगठन, शिक्षक र वकिलसँग परामर्श लिइने मन्त्रीले बताए । उनले अभिभावकलाई आफ्ना बालबालिकालाई सुरक्षाको महत्व सिकाउनसमेत आग्रह गरे ।विभिन्न घटनाका आरोपितलाई थुनामा राखिएको र बलात्कारविरुद्धको अभियान चलाएको मन्त्री तरारले बताए । विद्यालयमा विद्यार्थीमाथि हुने दुव्र्यवहारबारे सचेत गराइनेसमेत उनले बताए।

गृहमन्त्रीले अब अभिभावकले आफ्ना छोराछोरीलाई कसरी जोगाउने भनेर सिक्नुपर्ने बेला आएको बताए । उनले सरकारले फास्ट ट्र्याकका आधारमा डीएनए नमूनाको संख्या बढाउने बताए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);