महिला हिंसा र बलात्कार विरुद्ध अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

महिला हिंसा र बलात्कार विरुद्ध अभियान सुरु

बटुकनाथ झा
जनकपुरधाम, १६ असोज ।
देशमा विगत केहि समय यता भईरहेको बलात्कार तथा महिला हिंसा विरुद्धमा अभियान सुरु भएको छ ।

“मौनता तोडौँ बलात्कार लैंगिक हिंसा विरुद्ध राष्ट्रिय अभियानमा सहभागी होऔँ” नाराका साथ महिला हिंसा विरुद्धको अभियान अन्तरगत शुक्रबार जनकपुरधामको जनक चोकमा दुई घण्टा व्यानर, पम्पलेट सहित अभियानीहरु सडकमा उभेका थिए ।

ओरेक नेपालको अगुवाईमा महिला हिँसा तथा बलात्कारको विरुद्धमा मौनता तोडौँ बलात्कार र लैंगिक हिंसा विरुद्धको राष्ट्रिय अभियान अक्टुवर २ देखि १० सम्म संचालनमा आएको हो ।

यो अभियान अन्तरगत विभिन्न नगरपालिकामा सचेतना कार्यक्रम सहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम सहित जनप्रतिनिधिलाई बलात्कार जस्तो घटनालाई समाजमा नमिलाउन आग्रह सहितको अपिल पत्र सहित कार्यक्रम गर्ने ओरेक नेपालका धनुषा जिल्ला संयोजक रोजलिन बछारले जानकारी दिनुभयो ।

यो अभियानमा विभिन्न संघसंस्था, मानव अधिकारकर्मीको सहभागीता रहेको छ । अहिलेको अवस्थामा जवनप्रतिनिधिले नै महिला माथि बलात्कार तथा हिँसाा गरिरहेको अवस्थामा महिलाहरु असुरक्षित भएरहेका र बलात्कारीलाई बचाउन चलखेल भईरहेकाले यसको विरुद्धमा आफुहरु लागेको उहाँले बताउनु भयो ।

साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा प्रदेश २ को आठवटै जिल्लाहरुमा दर्ता भएका छन् । नेपाल प्रहरीको गत चैत देखि भदौ सम्मको तथ्यांकले देशभरी लकडाउनको अवधीमा बलात्कारका १२ सय २१ वटा घटना भएको छ ।

ओरेक नेपालका २०७७ बैशाख देखि भदौसम्म अभिलेख भएका ३ सय १९ वटा बलात्कारका घटनाहरु मध्ये ७५ प्रतिशत प्रभावित २ वर्ष देखि १८ वर्ष मुनिका बालबालिका रहेका छन् ।

बलात्कारका घटनामा ९० प्रतिसत परिचित व्यक्तिले नै बलात्कार गरेको देखिएको अवस्थामा बलात्कारका घटना भएकाले बालिकाहरु आफ्नै परिचितबाट असुरक्षित देखिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);