आजबाट लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान देश भर सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आजबाट लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान देश भर सुरु

laikik hinsa 16-day-campiyan

अप्सरा गौतम, काठमाडौं, ९ मंसिर । अन्तराष्ट्रिय अभियानका रुपमा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान आईतबार बाट देश भर सुरु भएको छ ।

महिला तथा बालबालीकाले कुनै हिंसा भोग्नु नपरोस भनी हिंसाका विरुद्ध यो दिवस मनाउने गरीन्छ । देश भर लैङगीक हिंसाका घटनाहरु बढीरहेका छन । तर यस विषयमा भने राजनितिक पक्ष तथा प्रतिपक्षदलका महिला नेत्रृहरुले भने आवाज उठाएको पाईदैन ।

आईतवारबाट देशभर अन्तराष्ट्रिय अभियानका रुपमा लैङगिक हिसां विरुद्धको १६ दिने अभियान सुरु भएको छ । बिक्रम सम्वत २०५४साल देखी लैङगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम गरी अभियान मनाउने गरिएको थियो ।

महिला तथा बालबालीकाको मानव अधिकारको संरक्षण गर्न उनीहरुको सम्मनपूर्वक बाच्न पाउने सबै अधिकार सुनिश्चित गर्न तथा विकास सम्मानको साझेदारी रुपमा स्थापित गर्न यो अभियान संचालन गर्दै आईएको छ । तर जती नै अभियान संचालन गरेता पनी देशमा निर्मला पन्तको बलात्कार पछि हत्या भएका घटना होस वा महिलाहरुमा हुने अरु कुनै लैङगिक हिसांका घटना बढदै गएका छन । महिला हिंसाका घटनाका विषयमा अरु समय विभिन्न आवाज उठाउदै हिडने महिला नेत्रृहरु भने आफ्नो सरकार भएका बेला गुम नाम देखीन्छन ।

हिजो अनपढ महिलाहरु बेचिन्थे भने अहिलेको समयमा पढेलेखेका महिला नै वेचिने गरेकाछन । दिनप्रतिदिन महिलाहरुमा हुने बलात्कार लगायतका हिंसा बढदै गईरहेछन । निर्मला हत्याको चार महिना पुगीसकेको छ । निर्मलाको न्यायका लागी लडीरहदा उनका बाबुले मानसिक सन्तुलन गुमाउनुपर्नै अबस्था आएको छ । जसले गर्दा उनको परिवार विचलीत हुने अबस्था आएको छ । तर यस विषयमा प्रतिपक्षले पनी आवाज उठाउन सकेको छैन जस्कोले गर्दा परिणाम निस्कन सकेको छैन ।

नेपालमा लैङगीक हिंसा दिन प्रती दिन बढदै गएको छ । सबै एक ठाउँमा बसेर साभाम् सवालका रुपमा यसलाई लिएर हिंसा सम्वन्धी आवाज उठाएनौ भने यो झन बढदै जाने छ । त्यसैले सबै महिला नेत्रृ, महिला अधिकारकर्मी सबै एक ठाउमा बसेर सरकारलाई घचघचाउन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);