वसन्तपुरमा लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक कला प्रदर्शनी | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

वसन्तपुरमा लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक कला प्रदर्शनी

काठमाडौं, मंसिर १० ||

वसन्तपुरमा लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक कला प्रदर्शनी गरिएको छ । आईतवार महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक कला प्रदर्शन गरिएको हो । वन क्षेत्रमा हुने लैङ्गिक हिंसाबिरुद्ध प्रदर्शन गरिएको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शनिवारदेखि शुरु भएको हो । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना बिस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा बिरुद्धको राष्ट्रिय अभियान दिवसका रुपमा मनाउने गरेको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानमा आज वसन्तपुरमा सचेतनामुलक नाटकको रुपमा लैङ्गिक हिंसा बिरुद्ध कसरी अघि बढ्ने, कसरी न्युनिकरण गर्ने भन्ने बारेमा सचेतना फैल्याएको बताउनु भयो । त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी महासचिव पार्वता गौतमले देशव्यापी रुपमा १६ दिने अभियान मनारहेको र सामुदायिक वनमा भएका लैङ्गिक हिंसाका बारेमा सचेतनामुलक १६ दिनको कार्यतालिका बनाएर देशव्यापी रुपमा विभिन्न सचेतना फैल्याउने काम गरिरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);