लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आजबाट देशभर सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आजबाट देशभर सुरु

hinsa

काठमाडौं, ९ मंसिर । अन्तर्राष्ट्रिय अभियानको रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट देशभर सुरु भएको छ । सरकारले सात प्रदेश, ७७ जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह, सबै वडा र विभिन्न सङघ संस्थालाई यो अभियानलाई दिवसको रूपमा मनाउन आह्वान गरेको छ ।

वि.सं. २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको थियो । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदार रूपमा स्थापित गरी लैङ्गिक समानता कायम गर्न गरिएको थियो ।

नेपाल सरकार मन्त्रिपरिषद्को मङसिर २ गतेको बैठकले मङसिर ९ गतेदेखि मङसिर २४ गते (२५ नोभेम्बरदेखि १० डिसेम्बर)सम्म यो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार, यस वर्षको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा र दुव्र्यवहार ः छैन हामीलाई स्वीकार’ तय गरिएको छ । याे खबर अाजकाे गाेरखापत्र दैनिकले छापेकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);