मुलुकमा १ करोड ६० लाख क्विन्टल खाद्यान्न अपुग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

मुलुकमा १ करोड ६० लाख क्विन्टल खाद्यान्न अपुग

food

काठमाडौं, ९ मंसिर । सरकारले कृषि उत्पादन वृद्धि गरेर खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा करिब डेढ करोड क्विन्टल खाद्यान्न अपुग देखिएको छ।

धान, मकै गहुँ, कोदोलगायत प्रमुख खाद्यबालीको उत्पादन वृद्धि नहुँदा खाद्यान्न अपुग भएको खबर नागरिक दैनिकमा छ।

कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार मुलुकमा करिब १६ लाख टन (एक करोड ६० लाख क्विन्टल) खाद्यान्न अपुग छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७४/०७५ मा खाद्यान्न अपुग हुने क्रम बढेको छ । कृषि विज्ञ हरि दाहालका अनुसार कृषि क्षेत्रमा लगानी कम र किसानलाई दिएको अनुदान लक्षित समूह नपुगेकाले नै कृषि उत्पादन वृद्धि नभएको बताउँछन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);