हरेक वर्ष किन बढिरहेको छ व्यापार घाटा ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हरेक वर्ष किन बढिरहेको छ व्यापार घाटा ?

नेपालको व्यापार घाटा दिन प्रतिदिन चुलिदै छ । विदेशी उत्पादन नेपालीको घर घरमा सजिलै पुग्दा स्वदेसि उत्पादन विस्थापीत हुने अबस्था छ ।

देस विकासको ठूलो सम्भावना बोकेको कृर्षि क्षेत्र उदेक लाग्दो अबस्थामा छ । युवा वर्ग विदेसिने क्रम रोकिन सकेको छैन । कृर्षि पेश बृद्धबृद्धाले थेगेका छन् । स्वदेशी उत्पादन प्रर्वदन गर्ने विषयमा सरकार कहिले पनि गम्भिर हुन सकेको छैन ।

हाम्रो मुलुक कृषि प्रधान देश हो। ६६ प्रतिशत जनताहरू अझै पनि कृषि आश्रित छन भनिन्छ। तर विडम्बना के छ भने, कृषि प्रधान मुलुकमा वर्षमा खर्बौ रुपयाको खाद्यान्न मात्र आयात हुन्छ। विज्ञहरूका अनुसार मुलुकभित्र उत्पादनसँगै उत्पादकत्व वृद्धि हुन नसकेकोले कृषि क्षेत्रको जनशक्ति ठूलो संख्यामा पलायन हुदा कृषिमा समेत परनिर्भरता बढेको हो।

अर्कोतर्फ हाम्रो समग्र कृषि क्षेत्र मौसममा भर पर्नु पर्ने बाध्यता छ । कृषिको विकासका लागि उच्चतम् प्रविधिको विकास हुनसकेका छैन । कृषकले आवश्यक परेको वेला मल, बीउ, र सिचायको व्यवस्था समेत पाउदैनन ।


त्यति मात्र होइन कृर्षकले बैंकिङ क्षेत्रबाट सरल र सस्तो दरमा ऋण समेत पाउदैनन। सरकारले न निर्यातमा प्रोत्साहन गर्नसकेको छ, न आयात प्रतिस्थापनमा प्रभावकारी कदम चाल्न सकेको छ। तीव्र रूपले बढ्दै गएको व्यापार घाटा, बढ्दो भ्रष्टाचार, बढ्दो अनौपचारिक अर्थतन्त्र, असारे विकास, कृषिजन्य वस्तुको बढ्दो परनिर्भरता दक्ष जनशक्तिको अभाव लगायतका कारणले नेपाल समृद्धिको बाटोमा अघि बढ्न सकेको छैन। दे

सले निरन्तर रुपमा व्यापार घाटा सहनु परेको छ। भन्सार विभागले केहि समय अघि सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को तथ्यांकअनुसार नेपालको बाषिक व्यापार घाटा डर लाग्दो छ।

देसभित्र विकासका लागि ठूलो सम्भावना बोकेको कृर्षि क्षेत्र नै विकल्पहीन पेसा बनेको छ। अधिकांस मानिसहरु केहि काम नपाए पछि कृर्षि पेसामा लाग्ने गरेका छन। कृषिमा लागेकाहरु पनि हीनताबोध भावका साथ बसेका छन। कृषिमा युवाहरूको आकर्षण अपवाद बाहेक छैन। देसको युवावर्ग विदेसिएको छ। अनि कृषि काम बुद्धबृद्धाले थेगेका छन। सबै भन्दा दुखको विषय त के भने अनेक दुख कष्ट गरेर उत्पादन गरेको नेपाली वस्तुले बजार नपाउदैन।

नेपालको आयात र निर्यातलाई विश्लेषण गर्दा आयातित वस्तुको ठूलो हिस्सा पेट्रोलियम पदार्थ, विलासी वस्तुहरू, विद्युतीय सामग्री, कस्मेटिक, सुनचाँदी, फलाम र तामाजन्य वस्तुहरू, कच्चा तेल, खाद्यान्न, औषधी, सवारी साधन, मेसिनरी पाटपुर्जामा उच्च वृद्धि भएको छ।

निर्यात हुने वस्तुहरूमा फलाम, गलैंचा, कफी चिया, गार्मेन्ट पोसाक, पस्मिना आदि रहेका छन्। जसको खासै मुल्य वृद्धि भएको छैन। त्यसमाथि जुन वस्तु निर्यात गरिन्छ त्यसको उत्पादनका लागि चाहिने कच्चापदार्थ समेत विदेशबाटै आयात हुने हुने गरेको छ। यस्तै कारणहरुले नेपाल सधै व्यापार घाटा सहन बाध्य छ।

वास्तविकता के छ भने अन्य देशहरूमा बिक्री गर्नका लागि हामीसँग बिक्रीयोग्य वस्तुहरूको उत्पादन नै छैन। देसभित्र उत्पादनमुखी संस्कृतिमा पछिल्ला वर्षहरूमा ह्रास आएको छ। विकसित देसहरुमा उत्पादित वस्तुहरूलाई आन्तरिक बजारमा खपत गर्र्ने रणनीति नै अपनाएको हुनछ।

तर दुखका साथ भन्नु पर्छ हाम्रो देसमा भने विदेसी वस्तुलाई जनताको घर घर सम्म सजिलै पु-याउने नीति अपनाइएको छ। क्षणिक नाफाका लागि दलाल व्यापारिले अपनाउने बजार नीति नै देसका लागि घातक छ। यस्तो अबस्था रहे सम्म नेपालको व्यापार घाटा डर लाग्दो अबस्थामा नै रहने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);