देशको राजनीति मात्र होइन अर्थतन्त्र पनि चक्नाचुर हुँदै, सत्तामा बसेकाहरु बेखवर (भिडियाे) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देशको राजनीति मात्र होइन अर्थतन्त्र पनि चक्नाचुर हुँदै, सत्तामा बसेकाहरु बेखवर (भिडियाे)

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा नै देसको अर्थतन्त्र भयावह अबस्थामा पुग्यो, विग्रदो राजनीतक अबस्था सँगै अर्थव्यवस्था पनि चौपट हुने संकेत, सत्तामा रहेकाहरु वेखवर
राजनीतिक व्यवस्था नै धरापमा परेको वेला देसको सिंगो अर्थतन्त्र पनि दिन प्रतिदिन धरासायी बन्दै गएको छ।

चालु आर्थिक बर्षको तीन महिनामा गत बर्षको तुलनामा देसको व्यपारघाटा ६३ दशमलव सात तीन प्रतिसतले बढेको छ। लगातार आयात बढ्दा बयस बर्ष देसको व्यपार घाटा झनै चुलिने देखिएको छ। तर सत्तामा बसेकाहरु भने यस्तो खतरनाक आर्थिक प्रतिवेदन सार्वजनिक हुदा वेखवर जस्तै छन।

नेपाल राष्ट बैंकको तत्थांक अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा नै देसको अर्थतन्त्र भयावह अबस्थामा पुगेको देखिएको छ। यो अवधिमा देसको व्यापारघाटा एक खर्ब ५१ अर्ब पुगेको छ। गत बर्ष यहि अवधिमा देसको व्यापार घाटा ३३ अर्ब ३८ करोड थियो। यस्तै सोधनान्तर घाटा पनि चुलिएर ७६ अर्ब पुगेको छ।

जबकि गतबर्ष सोहि अवधिमा एक सय एक अर्ब पाँच करोड सन्चिति बचत रहेको थियो। चालु आर्थिक बर्ष यो यो अवधिमा झण्डै पाँच खर्ब बराबरको आयात छ। पछिल्लो तीन महिनामा देसको आयात गत बर्षको तुलनामा ६३. दशमलव सात तीन प्रतिशतले बृद्धि भएको छ।

आयतसँगै निर्यात पनि बढेको छ। तर अबस्था सन्तोसजनक छैन। निर्यातमा सामान्य सुधार मात्र देखिएको छ। आयातको अबस्था हेर्न हो भने जसरी निर्यात बढेको छ त्यसलाई देसको उपलब्धि मान्न सकिदैन। यस्तै पछिल्लो समय रेमिट्यान्स भित्रिनेक्रम समेत घटेको छ। चालु आर्थिक बर्षको तीन महिनामा रेमिट्यान्स ७ प्रतिशतले घटेको देखिएको छ। यससँगै अन्य माध्यमबाट विदेसि मुद्रा भित्रिनेक्रम पनि शुन्य छ।

देसको विनिमय सञ्चितले जम्मा सात महिना मात्र धान्न सक्ने अबस्था छ। जबकि गत बर्ष यस अवधिमा १४ महिना धान्न सक्ने मुद्रा सञ्चिती थियो। उपरोक्त तत्थ्यांक हेर्ने हो भने देसको अर्थव्यवस्था कहाली लाग्दो अबस्थामा पुगेको देखिन्छ। देसभित्रको अबस्था पनि अर्थतन्त्र बृद्धिका लागि सकरात्मक देखिदैन।

अहिले सेयर बजारसमेत अनियन्त्रित यात्रामा छ। कोरोनाले लामो समय सम्म बन्द रहेको हरेक क्षेत्र राम्रो सँग तग्रीन पाएको छैन। उद्योगि व्यवसायीहरु लामो समय बन्द रहेको व्यापार व्यवसाय पुन सञ्चालन गर्नका लागि पुजी जुटाउन सक्ने अबस्थामा छैनन। बैंकिङ क्षेत्र तरलताको अभावमा महिनौदेखि कर्जा प्रवाह गर्न सकिरहेको छैन।

देसको कृर्षि क्षेत्र पनि सर्वाधिक चिन्ताजनक अबस्थामा छ। यी समग्र पृष्ठभुमी हेर्दा देस कुनै पनि दृष्टिकोणले सकरात्मक दिशामा उन्मुख हुने संकेत समेत देखिदैन। खराब सरकारी नीतिका कारण देसको व्यापर घाटा अझै बढ्ने देखिएको छ। महंगा गाडि र विदेसी मदिराको आयातमा सरकार उदार भइदिदा विदेसी मुद्रा बाहिरिनेक्रम अरु तिब्र देखिएको छ। देसभित्र उत्पादित वस्तुको समेत निर्वाध रुपमा आयात हुन दिदा देस नै आयात गरेर निर्वाह गर्ने अबस्थामा पुगेको देखिन्छ।

अत्याधिक सामान अनौपचारिक क्षेत्रबाट आयात हुदा हुण्डी कारोबारले ठूलो समसया निम्त्याएको छ। यस अघि पुर्ववतीृ सरकारले ५० लाख भन्दा बढि मुल्यका गाडी आयातमा प्रतिबन्ध लगाए पनि वर्तमान सरकार सो प्रतिबन्ध फुकुवा गरेर मापदण्ड विना नै विदेसी सामान आयातमा आवश्यकता भन्दा बढि उदार बनेको छ। जसका कारण देसको सन्चित बजेट शुन्यमा आउने देखिन्छ। विडम्बना को विषय के छ भने यस्तो कहाली लाग्दो आर्थिक प्रतिवेदन सार्वजनिक हुदा पनि सरकार संवेदनसिल हुन सकेको छैन।

जुन प्रकारले देसको अर्थतन्त्र लगातार ओरालो लागेको छ सरकारले सम्बन्धित सबै पक्षसँग छलफल गरेर समाधान खोज्नु पर्ने हो। तर सत्तामा रहेकाहरुमा भविष्य प्रति चिन्ता नभएर हो वा, विषयको गाम्भिर्यता नबुझेर यति संवेदनसिल विषय राष्टिय एजेण्डा बन्न सकेको छैन। देस जस्तोसुकै भड्खालोमा जावस ठूला नेताहरुलाई झोले कार्यकर्ताहरु माल्यापर्ण गर्नमै ठिक्क छन। अनि झोले कार्यकर्ता माल्यार्पण गर्न पाएकोमा गौरवान्वीत भएको महशुस गरिरहेका छन। देसको अर्थतन्त्र चौपट भएको बारे नेताहरुमा चिन्ता र चासो समेत देखिदैन।

एकोहोरो आयातले देसको व्यापार घाटा भयावह अबस्थामा पुगेको छ। त्यसैले अब सरकारले तत्काल आयात नीतिमा परिवर्तन गर्दै आन्तरिक रुपमा उत्पादन हुन सक्ने वस्तु तथा सेवामा उच्च भन्सार दर कायम गरि देसभित्र उत्पादन बढाउन जोड दिनु पर्छ। तत्कालिन र दिर्घकालीन अवस्था मध्यनजर गरि विलासीताका वस्तु र महंगा गाडीहरुको आयातमा नियन्त्रण गर्नु पर्छ। राज्यले मितव्यायी आयात नीति अपनाउनु आजको अर्को आवश्यक्ता हो। अन्यथा राजनीतिक अबस्था मात्र विग्रिदैन देसको अर्थव्यस्था समेत उठन नसक्ने अबस्थामा पुग्ने छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);