Our Network

माघ ४ २०७८, मंगलबार

देशमा व्यवसाय प्रर्वद्धन किन हुन सकेन?

देसको आर्थिक विकासका लागि प्रयाप्त आधार हुदा पनि हाम्रो देस विश्वका गरिब देसको सुचिमा सुचिकृत छ। भएको कच्चा पदार्थ र श्रमशक्ति निरन्तर रपमा विदेस पलायन भइरहेको छ।

आयातको अबस्था डरलाग्दो छ। मुलुक भित्र केहि गरौ भन्नेहरु नभएका होइनन तर लगानी गर्ने उचित वातावरण र नीतिको अभाव छ। आर्थिक क्रान्तिका कुरा राजनीतिक दलका घोषणा पत्रहरुमा सिमित छन। यस्तो अबस्थामा देस विकाले अझै पनि गति लिन सकने देखिदैन ।

अहिले मुलुकको आर्थिक अवस्था टीठलाग्दो छ। देसभित्र अथाह स्रोत साधन भएर पनि यहाँका बहुसंख्यक जनता गरिबीमा बस्न बाध्य छन। पदीय बेइमानी, लुटखोरी, भ्रष्टाचार जस्ता प्रवृत्तिहरू नेपालको आर्थिक विकासको बाधकका रूपमा तेर्सिरहेका छन्।

खासमा भन्ने हो भने सर्वसाधारण जनताको आर्थिक हैसियत उकास्नका लागि राजनीति गर्ने गरिन्छ। कुनै पनि राजनीतिक परिर्वतनको उदेश्य जनतामा सम्बृद्धि ल्याउनु हुन्छ। सम्बृद्धि आउनका लागि देसभित्र आर्थिक आय आर्जनको वातावरण हुन जरुरी छ। तर औद्योगिक र कृर्षि क्रान्तिको भरपुर कुरा हुने हाम्रो देसमा अहिले सम्म सामान्य व्यवसायीकरणको समेत प्रर्वद्धन गर्न सकिएको छैन।

कच्चा पदार्थ र कच्चा श्रम शक्ति निर्यात गरेर धनी बन्ने सपना देख्नेहरु नै अहिले पनि नीति निर्माता तहमा हावी छन। जब सम्म कच्चा पदार्थ र कच्चा श्रमशक्ति निर्यात गर्ने सोचमा परिवर्तन आउदैन तब सम्म देसलाई आर्थिक आयआर्जन तर्फ अघि बढाउन सकिदैन।

आन्तिरक श्रोत र साधनको प्रचुर उपयोग गर्नका निमित्त देसभित्र प्रपाप्त उद्योग व्यवसाय शुरु हुन जरुरी छ। त्यसका लागि व्यवसाइहरुलाई आकर्षित गर्ने नीति ल्याउन जरुरी छ। हाम्रो देसको विडम्बना के छ भने, नयाँ व्यवसायी त परको कुरा पुराना व्यवसायीहरुलाई समेत सम्मानको दृष्टिकोणले हेर्न सकिएको छैन। देसभित्र प्राय जसो व्यवसायीहरु आफुलाई राज्यले उपेक्षा गरेको महशुस गर्छन।

चाहेको वेला बैंकहरुले ऋण दिदैन। कच्चा पदार्थमाथि सरकारको आधिपत्य छ। देसको आन्तरिक बजार विदेसी उत्पादनले भरिभाराउ छ। देसभित्र आर्थिक आय आर्जन बढाउने गरि व्यापार व्यवसाय बढवा दिने सरकारी नीतिको अभाव छ। व्यवसायमैत्री श्रम कानुन छैनन।

जसका कारणले गर्दा श्रमिकहरु सधैभरि व्यवसायीहरुको प्रतिकुल देखिन्छन। हाम्रो देसको अदुरदर्सी कर नीति पनि व्यवसायीकरणका लागि बाधक बनेको छ। जबकि आन्तरिक स्रोत परिचालनका लागि सरकारले करदातालाई विश्वासमा लिन सक्नुपर्दछ।

हुन त आर्थिक विकास भएन भन्दा एकले अर्कोलाई दोष थुपार्ने चलन छ। तर विकासका लागि असल नीतिको स्थायित्व हुन आजको आवश्यकता हो। योजनाबद्ध विकासको थालनी भएको साढे ६ दशक भइसक्यो तर यो अवधिमा देस विकासले गति नलिनुमा दूरदर्शी नेतृत्व नहुनु न प्रमुख कारण हो। नेपाललाई अबको १० वर्षमा २० वर्षमा कहाँ पु¥याउने भन्ने स्पष्ट सोच र त्यस र त्यसलाई मूर्तरूप दिने व्यक्ति देसले पाउन सकेन।

हाम्रो धरातलीय यथार्थलाई बिर्सिएर सस्तो लोकप्रियताका लागि आर्थिक क्रान्तिका कुरा हुने हाम्रो देसमा नेतृत्वको व्यवहारिक पक्ष निकै फितलो छ। यो नै देसको दुर्भाग्य हो।

मुलुक अब सामान्य गतिबाट विकास र समृद्धिमा पुग्न नसक्ने अवस्थामा पुगिसकेको छ। राज्यको अर्जुनदृष्टि आर्थिक क्रान्तिमा हुनु पर्ने आजको अपरिहार्य आवश्यक्ता हो। देसभित्र गरिब र धनीबीचको खाडल झन् बढ्दै गएको छ। बेरोजगारीले मुलुक ग्रस्त बनिरहेको अबस्थामा भएका उद्योगहरु पनि धमाधम बन्द हुने क्रममा छन। समाजले नै राष्ट्रिय ढुकुटीको दुरुपयोग गर्ने प्रवृत्तिलाई प्रोत्साहन गरेको छ।

देसभित्र उच्चस्तरको जीवन जिउनेहरू मध्ये ९० प्रतिशतको आर्थिक हैसियतमा प्रश्न उठाउन सकिने आधार देखिन्छ। यस्तो विकराल अबस्थामा परिवर्तन नभए सम्म हाम्रो देसमा सम्बृद्धि सम्भव छैन। त्यसैले नेपालका स्रोत तथा साधनहरूमाथि हुने गरेको विदेशी थिचोमिचो र हस्तक्षेपबाट मुलुकलाई मुक्त गर्दै प्रविधि र नेपाली श्रमको उचित संयोजन सहित देस विकास गर्न सक्ने इमानदार नेतृत्वको खाचो सबैले महशुस गरेका छन। यो नै आजको आवश्यक्ता हो।

Leave a Reply