सांसदहरुलाई कानूनमन्त्रीको आग्रहः जनचासोका विषय केन्द्रित छलफल गरौं | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

सांसदहरुलाई कानूनमन्त्रीको आग्रहः जनचासोका विषय केन्द्रित छलफल गरौं

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।
सोमवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले संसद र संसदीय समितिलाई प्रभावकारी बनाउन पनि सांसदहरुले विषय केन्द्रित छलफल गर्न आवश्यक रहेको प्रष्ट्याउनुभएको हो । मन्त्री गौतमले सांसदहरुले विषय केन्द्रित भएर छलफल गरेमात्रै सरकार त्यसको जवाफ दिन बाध्य हुने समेत बताउनु भयो । सरकार सांसदहरुले उठाएका हरेक विषयवस्तुमा संवेदनशील रहेको मन्त्री गौतमको भनाई थियो । उहाँले सरकारबाट स्पष्ट जवाफको अपेक्षा गर्न पनि सांसदहरुले विषयवस्तु केन्द्रित भएर छलफल गर्न आवश्यक रहेको तथ्य पनि स्मरण गराउनु भयो ।

मन्त्री गौतमले संसद र संसदीय समितिको कामलाई प्रभावकारी बनाउनका लागि सांसदहरुले समयसीमालाई पनि ख्याल गर्न जरुरी रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार