देशको नाम ‘नेपाल’ मात्रै लेख्ने निर्णय फिर्ता गर्न सरकारलाई संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

देशको नाम ‘नेपाल’ मात्रै लेख्ने निर्णय फिर्ता गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडाैं,२४ कार्तिक । संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निणर्य फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

समितिले बिषय संसदबाट निणर्य गर्नुपर्ने तर नभएको अवस्थामा कार्यान्वनयन नगर्न निर्देशन दिएको हो । छलफलमा सांसदहरुले सरकारको निणर्यले विभिन्न आशंका समेत उब्जाएको तर्क गरेका थिए संविधान सभाको पहिलो बैठकले नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सर्वसम्मत रुपमा घोषणा गरिएकोले अहिले मन्त्रिपरिषदबाट परिवर्तन गर्नुले शंका उब्जीएको सांसदहरुको भनाइ छ ।

सांसद विजय सुब्बा र नवराज सिलवालले भने फरक मत राख्नुभएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने भए संविधान संशोधन गर्नुपर्ने बताउनु भयो ।

अहिलेको संविधानमा नेपालको नाम नेपाल भनिएको हुनाले प्रशासनिक हिसाबले पत्राचार गर्ने काममा नेपाल भनेर लेख्ने निणर्य सरकारले गरेको पनि मन्त्री ज्ञवालीले स्पष्ट पार्नुभयो ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि