सरकारको कामले गणतन्त्र विरोधी उत्साहित भए– जनार्दन शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

सरकारको कामले गणतन्त्र विरोधी उत्साहित भए– जनार्दन शर्मा

काठमाडौं, २१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारको कामका कारण गणतन्त्री विरोधी उत्साहित भएको बताउनुभएको छ ।

आइतबारदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा सदस्य शर्माले छलफलका लागि पेश गर्नुभएको प्रस्तावमा उक्त कुरा बताउनुभएको हो । सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को नाम बदलेर ‘नेपाल’ मात्र राख्ने निर्णय गरेसँगै गणतन्त्र विरोधीहरु उत्साहित भएको उहाँको भनाई छ ।

‘सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट उत्साहित गणतन्त्र विरोधीहरू आज खुलेआम संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका छन्’–स्थायी कमिटी सदस्य शर्माले पेश गरेको प्रस्तामा उल्लेख छ–‘नेकपाको सरकार र गृह प्रशासन यस्ता क्रियाकलापको रक्षा गरिरहेको छ भन्ने जनआवाज सुनिन थालेको छ । बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरूमा दमन गर्ने र गणतन्त्र विरोधीप्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ । यसबाट नेपाली जनतामा ठूलो असन्तुष्टि पैदा हुँदै जाने सन्दर्भमा नेकपाको स्थायी कमिटी बैठक संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गरौं ।’

यस्तो छ, स्थायी कमिटी सदस्य शर्माले स्थायी कमिटीमा पेश गर्नुभएको प्रस्तावः

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);