सोमबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सोमबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

dolar

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५१ पैसा र बिक्री दर १२० रुपैयाँ ११ पैसा कायम गरेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ९०  पैसा र बिक्री दर ९० रुपैयाँ ३५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ९१ पैसा छ । 

युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ १९ पैसा र बिक्री दर १३८ रुपैयाँ ८८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ ५२ पैसा र बिक्री दर १६४ रुपैयाँ ३४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५० पैसा र बिक्री दर १३१ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६६ पैसा र बिक्री दर १८ रुपैयाँ ७५ पैसा रहेको छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४८ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७९ पैसा रहेको छ भने साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ८६ पैसा र बिक्री दर ३२ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ०१ पैसा रहेको छ ।  


 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);