मधेस प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना छैनः मुख्यमन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

मधेस प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना छैनः मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गर्नुभएको छ ।
सोमवार जनकपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । बजेट ल्याउने बेलामा मधेस प्रदेशका कुनैपनि सांसदहरुले सरकार परिवर्तन गर्नेकुरा सोच्न पनि नसक्ने मुख्यमन्त्री यादवको जिकिर थियो । उहाँले बजेट ल्याउने बेलामा सरकार परिवर्तन गरिए त्यो मधेस प्रदेशका लागि दुर्भाग्य हुने चेतावनी समेत दिनुभयो ।

मुख्यमन्त्री यादवले सबै दलहरु सरकार परिवर्तन गर्न नहुने अडानमा रहेको पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार