मधेसका मुख्यमन्त्रीको दाबी– मन्त्रीहरुले राजीनामा दिएपनि एमालेको विश्वासको मत मसँगै छ | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

मधेसका मुख्यमन्त्रीको दाबी– मन्त्रीहरुले राजीनामा दिएपनि एमालेको विश्वासको मत मसँगै छ

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा(एमाले)ले दिएको विश्वासको मत आफूसँग कायमै रहेको बताउनुभएको छ ।

मंगलवार प्रदेश सरकारमा नेकपा(एमाले)का तर्फबाट सहभागि भएका मन्त्रीहरुले राजीनामा बुझाएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले एमालेको विश्वासको मत आफूसँग कायमै रहेको बताउनुभएको हो । उहाँले केन्द्रको गठबन्धन अनुरुप प्रदेशमा पनि गठबन्धन बनाउनुपर्ने भएकाले एमालेका मन्त्रीहरुलाई आफैँले सहजीकरण गर्न आग्रह गरेको बताउनु भयो ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री यादवले जनमत पार्टी सरकारमा आउने कि नआउने भन्ने विषयमा हालसम्म कुनै निर्णय नभएको बताउनु भयो । उहाँले मधेश प्रदेस सरकारमा आगामी दिनमा पनि आफ्नै नेतृत्व हुने र सरकारमा नेपाली काँग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोसपा समावेश हुने उल्लेख गर्नुभयो ।

एमालेबाट मधेस सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा बुझाएका छन् । मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा पत्र बुझाएका हुन् । एमाले नेता राजकुमार लेखीले केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि आफूहरु सरकारबाट बाहिरिनु परेको प्रतिक्रिया दिनुभयो । उहाँले नयाँ गठबन्धन अनुसार प्रदेश सरकार निर्माण गर्न सहज बनाइदिएको बताउनु भयो ।

नेता यादवले सरकारलाई दिएको समर्थनबारे पछि छलफल हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);